तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही • Image Khabar Image Khabar


तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही


Imagekhabar
२५ जेष्ठ २०७५, शुक्रबार १६:३५

तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही

ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ हुँदै आएको पुलको निर्माण भदौ २० मा सम्पन्न नगरे कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

निर्माणमा ढिलासुस्ती भएकोप्रति गम्भीर चासो राख्दै जिसीले निर्माणस्थलमै पुगेर समयमै सम्पन्न गर्नेगरी निर्माण कम्पनीलाई लिखित कागज गराएका छन् ।

भदौ २० गतेभित्रै निर्माण सम्पन्न गर्ने र यदि नगरे कानुनी कारबाहीको भागेदार हुने भन्दै निर्माण कम्पनी कन्काई इन्टरनेसनल बिल्डर्स झापाका प्रतिनिधि प्रभुराम बिमलीले लिखतमा हस्ताक्षर गरेका छन् ।

वि.सं. २०७२ साल असोजभित्रै पुलको निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदारको लापरबाहीले हालसम्म निर्माण सम्पन्न भएको छैन ।

प्रतिक्रिया दिनुहोस्