१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


उखु किसानद्वारा राजमार्ग बन्द गर्ने चेतावनी


0
Shares

पटक–पटक उखुको भुक्तानी दिन माग गरे पनि जिल्लाका उद्योगहरुले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेको भन्दै किसानहरुले राजमार्ग बन्द गर्ने चेतावनी दिएका हुन् ।

उखुको भुक्तानी नभए आन्दोलन गर्ने चेतावनीसहित उखु उत्पादक कृषक समितिका पदाधिकारीसहितको किसानको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा उखुको भुक्तानी नभए एक सातापछि राजमार्ग बन्द गर्ने चेतावनी दिइएको छ ।

तीन वर्षअघि पनि उखुको भुक्तानी नपाएको भन्दै किसानहरुले राजमार्ग बन्द गरेर आन्दोलन गरेका थिए ।

यो वर्ष जिल्लाका तीन उद्योगले पाँच करोड रुपैयाँ बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी छ ।

जिल्लामा वाग्मती, लुम्बिनी र इन्दिरा चिनी उद्योगले किसानसँग उखु लिएर चिनी उत्पादन गरेका छन् ।