काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबार (भोलि)को बैठकमा जानकारी गराउने भएका छन् ।
उनी चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भ्रमणबारे सोमबार प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भएपनि प्राविधिक कारण स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्