
शुक्रबार धनगढीमा नेपाली कांग्रेसकोे १३औं राष्ट्रिय महाधिवेशनपछिको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले अन्तर्घात गर्नेलाई कुनैपनि हालतमा माफ नगर्ने बताए ।
पार्टीभित्रको अन्तर्घातका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नुपरेको भन्दै उनले अब नेपाली कांग्रेसले पार्टी शुद्धिकरण गर्दै अन्तर्घातीहरुलाई ‘सफाया’ गर्ने बताए ।
पार्टीभित्रको अन्तर्घातलाई अन्त्य गरी नेपाली कांग्रेसलाई पुरानैरुपमा फर्काएरमात्र आफूले विश्राम लिने उनको भनाइ थियो ।
वर्तमान सरकारलाई ‘भारतीय लम्पसारवादी’को संज्ञा दिँदै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अकर्मन्यताको बन्दी बनाएको आरोप लगाए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेपालमा नाकाबन्दी हुँदा पुरै नेपालका लागि खाद्य सामग्री आयात गर्ने कैलालीको एउटैमात्र नाका गौरीफन्टा नाकालाई ओलीले आफू सरकारमा गएपछि बन्द गर्न खाजेको आरोपसमेत लगाए ।
गौरीफन्टा नाकाको स्तरोन्नति गरी सुचारु गर्न आफूले भूमिका खेल्ने उनले उल्लेख गरे ।
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले पार्टीभित्रबाटै अन्तर्घात हुँदा चुनाव हार्नुपरेको जिकिर गरेका थिए ।
सो सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्