२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कोरियाली भाषा परीक्षा शनिबार र आइतबार


0
Shares

परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपीएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेको छ ।

बिहान १० बजेदेखि पहिलो चरण र दिउँसो २ बजेदेखि दोस्रो चरणमा सन्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घन्टाअगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी उनले दिए ।

काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा चार परीक्षा केन्द्र रहनेछन् ।

परीक्षाको जिम्मामात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भइ छनोटको काम हुनेछ । रासस