
संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकारको यो कदमले सम्पूर्ण निर्माण व्यवसायीहरु नै त्रसित र आतंकित भएको भन्दै ध्यानकर्षण गराएको हो ।
सरोकारवालाहरुले गर्ने अवरोध, बजेटको अभाव, समयमा भुक्तानी नदिएकोजस्ता कारणहरुले समयमा निर्माणकार्य सम्पन्न हुन नसकेको वास्तविकता नबुझिकन व्यवसायीहरुलाईमात्र दोषी देखाइ कारबाही गर्नु अनुचित भएको संघका अध्यक्ष हुमनाथ कोइरालाले बताए ।
व्यवसायीहरुलाई निरुत्साहित बनाउने कार्य यथाशीघ्र बन्द नभए निर्माणकार्य बन्द गरी आन्दोलनमा जाने चेतावनी संघले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्