२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नैकापमा डिप बोरिङबाट खानेपानी आयोजना सन्चालनमा


0
Shares

सरकार र स्थानीय उपभोक्ताको ५०/५० प्रतिशत लगानीमा आयोजना सन्चालन गरिएको हो ।

करिब दुई करोड रुपैयाँमा निर्माण भएको खानेपानी आयोजनाबाट ३६५ घर–परिवार लाभान्वित भएका छन् ।

खानेपानी आयोजनाको शनिबार प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरे ।

कार्यक्रममा पुरानो नैकाप थिटनी भन्ज्याङ खानेपानी उपभोक्ता समितिका सदस्य प्रद्युम्नप्रसाद दवाडीले आयोजनाले स्थानीयलाई तत्काल राहत पुगे पनि नियमितरुपमा पानी आउने व्यवस्था गर्नुपर्ने बताए ।

यस्तै, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले हरेक घरमा खानेपानीको धारा पुर्‍याउने गरी काम गर्ने बताए ।

राजधानीमै रहेर पनि पुरानो नैकाप क्षेत्र विकासमा पछाडि पर्दै आएको छ । पुरानो नैकापलाई विकासको मूलप्रवाहमा ल्याउन स्थानीयले माग गरेका छन् ।