Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


यस्तो छ प्रदेश–७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)


0
Shares

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेश नम्बर–७ का प्रदेशप्रमुख मोहनराज मल्लले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा ‘एक जिल्ला एक सडक कार्यक्रम’ र गड्डाचौकी–अत्तरिया–कर्णाली–चिसापानीसम्म ६ लेन सडक बनाउन डीपीआर तयार गर्ने योजना समावेश गरिएको छ ।

प्रदेशका केही सम्भाव्य नगरलाई नमुना सहरकारुपमा विकास गरिने, ‘एक व्यक्ति एक खाता’ कार्यक्रमलाई प्रोत्साहन गरिने, प्रदेशका ८८ ओटै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याउने नीति तथा कार्यत्रममा उल्लेख गरिएको छ ।

यस्तै, आगामी दुई वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने, दलित, छात्रा, जनजाति, लोपोन्मुख, सिमान्तकृत, गरिब, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्रि कार्यक्रम लागू गरिने, सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन ‘एक गाउ, एक स्वास्थ्यचौकी’, ‘एक स्थानीय तह, एक अस्पताल’का लागि नीतिगत तथा संरचनात्मक प्रबन्धको थालनी गरिने जनाइएको छ ।

कृषिलाई आधुनिकीकरण, प्रविधियुक्त र व्यवसायीकरण गर्न परिवर्तित कृषि प्रणाली, ‘मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन सुहाउँदो बजार’ भन्ने नारासहित ‘मुख्यमन्त्री कृषि कार्यक्रमलाई प्राथमिकतामा राखिने र ‘फोहोरमुक्त स्वाच्छता, ७ नम्बर प्रदेशको प्रतिबद्धता’ अभियान सन्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी, विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी अवस्थामा रहने र विपद्पीडित र संकटासन्न अवस्थामा रहेकालाई तत्काल सहयोगका लागि मुख्यमन्त्री विपद् राहत कोषको स्थापना गरिने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा खेलकुदलाई प्राथमिकता दिइएको छ ।

युवा तथा खेलकुदलक्षित कार्यक्रमलाई स्थानीय तहको सहयोगमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको नीति तथा कार्यक्रममा ‘मुख्यमन्त्री प्रदेश रनिङ सिल्ड खेलकुद प्रतियोगिता’अन्तर्गत् ‘स्वस्थ्य युवा प्रदेशको खम्बा’ अभियान सन्चालन गरिने उल्लेख छ ।

यस्तै, हाल रहेका रंगशालाको स्तरोन्नति गर्दै ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान कार्यक्रम सन्चालन गरिने, प्रदेशमा एक सुविधायुक्त रंगशाला निर्माणका लागि डीपीआर तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश–७ को नीति तथा कार्यक्रम विस्तृत् पढ्न (पीडीएफ) यहाँ क्लिक गर्नुहोस्