धादिङको रानीझरनामा क्यानोनिङ महोत्सव • Image Khabar Image Khabar


धादिङको रानीझरनामा क्यानोनिङ महोत्सव


Imagekhabar
२७ जेष्ठ २०७५, आईतवार १०:०७

धादिङको रानीझरनामा क्यानोनिङ महोत्सव

धादिङ, जेठ २७ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. ६ मा रहेको रानीझरना (छाँगा) मा क्यानोनिङ महोत्सव भएको छ ।

दुई दिन सञ्चालित महोत्सवमा आन्तरिक पर्यटकले क्यानोनिङको मज्जा लिए ।

पर्यटन प्रवद्र्धन तथा पर्यटन व्यवसायीको आम्दानीको स्रोत बढाउन नेपाल क्यानोनिङ एशोसिएसनले महोत्सव आयोजना गरेको हो ।

क्यानोनिङ गर्न धादिङ, काठमाडौँलगायतका जिल्लाका पर्यटक पुगेका थिए ।

क्यानोनिङको नयाँ गन्तव्य मानिएको थाक्रे गाउँपालिकाको वडा नं. ४ र ६ को सिमानामा तीनवटा छाँगा छन् ।

त्यही गर्मीमा पौडी खेल्ने पोखरी पनि छ । एशियामै पहिलो पटक अन्तर्राष्ट्रिय क्यानोनिङ रन्देभू आयोजना गरेको नेपाल क्यानोनिङ एशोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्