
काठमाडौं, जेठ २७ । उपत्यकामा सडक विस्तारका क्रममा सम्पदा क्षेत्र मिचिएको भन्दै सेभ नेपा भ्याली अभियानले विरोध जनाएको छ ।
केहीदिन अघि ललितपुरको लगनखेलस्थित बटुक भैरब मन्दिर क्षेत्रमा पनि डोजर चलाएको भन्दै सो संस्थाले बटुक भैरबमा धर्ना दिएको हो ।
मन्दिरको पारिपट्टी सैनिक खेलकुद एकेडेमीको जग्गा खाली हुँदाहुँदै काठमाडौं विकास प्राधिकरणले सांस्कृतिक सम्पदा नै मास्ने गरी डोजर चलाइएको अभियानर्कता यादवलाल कायस्थले बताए ।
अभियानकर्ताहरुले सांस्कृतिक सम्पदामाथिको अतिक्रमण नरोकिए कडा आन्दोलन थाल्ने चेतावनी उनीहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्