१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


शेयर बजारको वियरिस ट्रेण्ड थामिएन, लगानीकर्ता आश्वस्त देखिएनन्


0
Shares

काठमाडौं, जेठ २७ । सरकारले पूँजीगत लाभकरको निर्णय फिर्ता लिएर अध्ययनका लागि कार्यदल बनाए पनि शेयर बजारका लगानीकर्ता आश्वस्त हुन सकेको देखिएन ।

साताको शुरुको दिन आइतबार शेयर बजारको वियरिस ट्रेण्ड थामिएन । यस दिन पनि नेप्सेमा उच्च गिरावट आयो ।

आइतबार नेप्से २५ अंकले झरेर १२३१ मा आएर थामियो । बीमा समूह सबैभन्दा उच्च २१७ अंकले ओरालो लाग्यो ।

होटल समूहमा ५४ अंक र लघुवित्त समूहमा पनि ४३ अंकको गिरावट आयो । जलविद्युत र उत्पादनमूलक समूह पनि २७/२७ अंकले झरे ।

वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीको ११ लाख ७६ हजार कित्ता शेयर साढे ४४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।