१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


उत्कृष्ट थेसिस लेख्ने ईन्जिनियरिङका ५ विद्यार्थी पुरस्कृत


0
Shares

काठमाडौं, जेठ २७ । एशियन पेन्टसले उत्कृष्ट थेसिस लेख्ने ईन्जिनियरीङका पाँच विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

एशियन पेन्टसले आइतबार राजधानीमा एक कार्यक्रम गरी उनीहरुलाई ५० हजार नगद पुरस्कार प्रदान गरेको हो ।

कम्पनीले यस्तो कार्यक्रम हरेक वर्ष गर्दै आएको जनाएको छ ।

यस्तै डिजाइन प्रतियोगितामा सहभागी विभिन्न कलेजका विद्यार्थीहरुमध्ये उत्कृष्ट १५ जनालाई पनि कम्पनीले सम्मानित गरेको थियो ।