नेप्से साढे ९ अंकले सकारात्मक • Image Khabar Image Khabar


नेप्से साढे ९ अंकले सकारात्मक


Imagekhabar
२८ जेष्ठ २०७५, सोमबार २०:४४

नेप्से साढे ९ अंकले सकारात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ९ अंकले सकारात्मक रहेर १२ सय ४१ कायम भयो । मध्याह्न १२ सय ५२ अंक बराबर पुगिसकेको नेप्से पछि केही शिथिल भएको हो ।

यसदिन कारोबार भएकामध्ये बढीजसो समूह हरियो रहे । बिमा समूहमा सबैभन्दा उच्च १०२ अंकको वृद्धि आयो । होटल समूहमा पनि ६० अंकको सुधार आयो ।

लघुवित्त समूहमा पनि दोहोरो अंकको वृद्धि भयो भने उत्पादनमूलक, वाणिज्य बैंक, जलविद्युत् र अन्य समूह सामान्य अंकलेमात्र सकारात्मक रहे । वित्त, विकास बैंक र व्यापार समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका ११ लाख ८७ हजार कित्ता सेयर ४४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्