१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सुनको भाउ सामान्य दरले ओरालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएर तोलाको ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलामा २०० ले उकालो लागेर तोलाको ५८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने यसदिन पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ७८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय २ डलर हाराहारीमा कारोबार भएको थियो ।