
काठमाडौं, कात्तिक १९ । वरिष्ठ समाजसेवी सावित्रीजंगम थापाको हीरक महोत्सवको अवसरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सावित्रीजंगम थापालाई अभिनन्दन गरेकी छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा साझा अभियान, रेडक्रस तथा विभिन्न सामाजिक सेवामा सक्रिय समाजसेवी थापालाई विभिन्न संघ–संस्थाहरुले सम्मान गरेका हुन् ।
सो अवसरमा समाजसेवी थापाद्वारा लिखित उपन्यास ‘आत्मबोध’को लोकार्पण पनि गरिएको थियो ।
यसअघि, उनका ९ ओटा कृति प्रकाशित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्