१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


पोखरा विमानस्थलको निर्माण रोकिँदैन : मन्त्री अधिकारी


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विज्ञ समूहले पोखरा विमानस्थलको निर्माणकार्य नै रोक्नुपर्ने सुझाव नदिएको दाबी गरेका छन् ।

सोमबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण रोक्ने गरी नआएको बताए ।

उनले १८० सिट क्षमताका विमान आउनसक्ने गरी विमानस्थलको निर्माणकार्य सन् २०२१ भित्रै सम्पन्न हुने बताए ।

मन्त्री अधिकारीले सो विमानस्थल निर्माणका लागि यसै आर्थिक वर्षको बजेटमा ११ अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिए ।

उनले पोखरालाई केन्द्र बनाएर प्रदेश नम्बर–४ को विकास गरिने पनि उल्लेख गरे ।