८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : प्रमुख आयुक्त घिमिरे


0
Shares

कञ्चनपुर, कात्तिक १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालय महेन्द्रनगरको नवनिर्मित भवन उद्घाटन गर्दै उनले आयोगमा स्थानीय तहका भ्रष्टाचार सम्बन्धी उजुरी बढेकाले त्यसलाई सुक्ष्म रुपमा हेरिरहेको बताए ।

अख्तियार प्रमुख घिमिरेले विकास निर्माणका काममा ठेक्का लिएर जिम्मेवारी पुरा नगरी अलपत्र पार्ने काम भईरहेकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए ।

सुदूरपश्चिमका ९ वटै जिल्ला हेर्नेगरी स्थापना गरिएको उक्त भवन ७ करोड ३६ लाख ९८ हजार रुपैयाँमा निर्माण भएको हो ।