११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


इटालीमा आँधी र बाढीका कारण ३० जनाको मृत्यु


0
Shares

रोम, कात्तिक १९ । युरोपेली मुलुक इटालीमा आएको ६० वर्षयताकै विध्वंसात्मक आँधी र बाढीमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

इटालीको दक्षिणी सहर सिसिलीमा आँधीपछि आएको बाढीमा परेर एकै परिवारका ९ जनासहित १२ जनाको मृत्यु भएपछि एक साताको अवधिमा ज्यान गुमाउनेको संख्या ३० पुगेको हो ।

बाढीले खोलाको धार परिवर्तन गरी घरभित्र प्रवेश गर्दा मृत्यु भएका एकै परिवारका ९ जनालाई पानीले डुबाएको अवस्थामा घरभित्रैबाट निकालिएको थियो । अन्य तीन जनालाई नजिकैको एउटा नदी किनारबाट उद्धार गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार डुबानमा परेको उक्त घरका तीन सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका छन् ।

इटालीको उत्तरी क्षेत्र र भेनिसको वरिपरि ठूलो आँधीसहित वर्षा हुँदा कम्तिमा २० जनाको मृत्यु हुनुका साथै अर्बौंको सम्पत्ति नष्ट भएको छ । (एजेन्सी)