५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024


म्याग्दीमा नेपाली कागज उद्योग स्थापना


0
Shares

म्याग्दी, कात्तिक १९ । म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारामा नेपाली कागज उद्योग स्थापना भएको छ ।

वनजंगलमा खेर गइरहेको अर्गेलीको लोता संकलन गरी नेपाली कागज उत्पादन, आयआर्जनको अवसर र रोजगारी सिर्जना गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूह र स्थानीय अगुवाको पहलमा उद्योग सञ्चालन गरिएको हो ।

२०६६ सालमा अदिभारामा स्थापना भएको सोले हब्स प्रालि बन्द भएपछि त्यहाँबाट कागज उत्पादन हुन सकेको थिएन भने अर्गेलीको लोतासमेत खेर गइरहेको थियो । बन्द भएको उद्योगको संरचनालाई नयाँ तरीकाले ब्यवस्थित गरेर अर्को उद्योग सञ्चालन गरिएको सञ्चालक मोतीराज गौतमले जानकारी दिए ।

यसअघि आठ लाख रुपैयाँ लगानी भएको उद्योगमा यसपटक थप चार लाख रुपैयाँ लगानी गरिएको छ । यहाँ उत्पादित कागज तनहुँको शुक्लागण्डकी हाते कागज उद्योगले खरिद गर्ने सम्झौता भएको छ ।

वन समूहका सदस्यहरुले जंगलमा संकलन गरेको लोता प्रतिकिलो एक सय रुपैयाँका दरले खरिद गर्ने व्यवस्था मिलाइएको छ ।