
काठमाडौं, कात्तिक १८ । तिहारका कारण बजारमा भीड लागेको छ ।
तिहारका लागि फूलका माला, मसला, मिठाइ, रंगीचंगी बत्तीलगायतका सामान किन्नेहरूको बजारमा भीड लागेको हो ।
तिहारका लागि चाहिने पूजा सामग्री, बती, ‘भाइ’ मसला, मालाहरु, टीकाजन्य सामग्री किन्नका लागि काठमाडौंका मुख्य बजारहरु असन, न्यूरोड, महाबौद्धलगायतका स्थानहरुमा सामान किनबेच गर्ने मानिसको भीड लागेको हो ।
बजारका भित्रि स्थानहरुमा तिहारका लागि किनमेल गरिरहेका मानिसको संख्या बढेको देखिन्थ्यो ।
भाइ मसलाकारुपमा परिचित काजु, बदाम, पेस्ता, ओखर, छोकडा, किसमिस, नरिवल, मिश्रीलगायतका वस्तुहरुको किनमेलमा सर्वसाधारण व्यस्त देखिन्छन् ।
उपभोक्ताहरु भने बजारमा वस्तुको चर्को मूल्यवृद्धिले मारमा परेको गुनासो गर्दछन् ।
बजारमा लक्ष्मीपूजाका लागि चाहिने झिलिमिली बत्तीदेखि भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीका लागि भाइ मसला र उपहार किन्नमा उपभोक्ताहरु व्यस्त रहेका देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्