काठमाडौं, कात्तिक १८ । गोदावरी पुष्प मेलामा ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबारदेखि ललितपुरमा सन्चालन भएको बाह्रौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी उत्साहजनकरुपमा सम्पन्न भएको आयोजक फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको हो ।
मेलाको ४४ हजार ५०० जनाले अवलोकन गरेको र ४५ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएकामा ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको हो ।
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्