काठमाडौं, कात्तिक १८ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लाग्यो । कारोबार भने उच्च रह्यो ।
बजार परिसूचक नेप्से १३ अंकले ओरालो लागेर १२ सय ७ अंकमा आएर थामियो ।
यसदिन अन्य समूह सामान्य अंकले सकारात्मक रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
यसदिन जीवनबिमा समूह सबैभन्दा उच्च ८७ अंकले घट्यो भने निर्जीवन बिमा समूह पनि ६५ अंकले झर्यो । होटल, जलविद्युत्, उत्पादनमूलक समूह पनि दोहारो अंकले ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका २७ लाख २९ हजार कित्ता सेयर ५६ करोड ४८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्ज जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्