
काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पुर्याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।
प्रधानमन्त्रीले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरको निधन भएको खबर सुन्दा आफूलाई अत्यन्तै दुःख लागेको बताए ।
प्रधानमन्त्रीले दिवंगत तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।
मानवअधिकारवादी, लेखक तथा वरिष्ठ वामपन्थी नेता तुलाधरको आइतबार दिउँसो ७८ वर्षको उमेरमा निधन भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्