८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति : उपराष्ट्रपति


0
Shares

काठमाडौं, कात्तिक १८ । उपराष्ट्रपति नन्दबहादुर पुनले आइतबार दिउँसो निधन भएका पूर्वमन्त्री एवं वरिष्ठ मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

आइतबार साँझ लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व. तुलाधारको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि व्यक्त गरे ।

उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्तसमेत गरे ।

‘मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ । आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिइनँ । पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्ति–प्रक्रियाको पहलकर्ता आदरणीय पद्मरत्नज्यूको निधनले म स्तब्ध भएको छु’–उपराष्ट्रपतिले परिवारजनसँग भने ।

उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै नेपालको परिवर्तनकारी आन्दोलन, विशेषगरी पञ्चायतविरुद्धको संघर्ष, २०६२/६३ को जनआन्दोलन र नेपालको शान्ति–प्रक्रियाका लागि उनले पुर्‍याएको योगदान ‘सगरमाथाजस्तो उच्च’ रहेको बताए ।

उपराष्ट्रपतिले पद्मरत्नको भौतिकरुपमा निधन भएपनि सधैंका लागि बाँचिरहने बताए ।

‘मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर, जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ, ऊ अमर रहन्छ’–उनले भने । रासस