
काठमाडौं, कात्तिक १८ । वाम बुद्धिजीवी एवं मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचाररत् रहँदाकै अवस्थामा आइतबार निधन भएको छ ।
मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर संक्रमणबाट मृत्यु भएको उनको परिवारका एक सदस्यले राससलाई जानकारी दिए ।
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए ।
उनी पत्रकार तथा साहित्यकार पनि थिए ।
स्व. तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्