
काठमाडौं, कात्तिक १८ । सर्वियन टेसिन खेलाडी नोभाक जोकोभिच पेरिस मास्टर्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी रोजर फेडररलाई पाखा लगाउँदै जोकोभिच फाइनलमा पुगेका हुन् । जोकोभिच र फेडेररबीचको सेमिफाइनल खेलका तीनमध्ये दुई सेट टाइब्रेकरमा पुगेका थिए ।
फेडेरर विरुद्ध ४७ औं पटक खेलेका जोकोभिचले ७–६, ५–७ र ७–६ ले खेल आफ्नो पक्षमा पारे । यो जितसँगै ३१ वर्षीय जोकोभिचले पेरिस मास्टर्स टेनिसमा आफ्नो अपराजित खेल संख्या २२ पुर्याएका छन् ।
चार पटकका च्याम्पियन जाकोभिचले फाइनलमा रुसी खेलाडी कारेन काचानोभसँग खेल्नेछन् । सेमिफाइनलमा अस्ट्रियाका डोमिनिच थियामलाई हराउँदै काचानोभ फाइनलमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्