ताप्लेजुङ, कात्तिक १८ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसहित ताप्लेजुङका तीनवटा क्षेत्र पर्यटन प्रवर्द्धन र विकासका लागि छनोट भएका छन् ।
पर्यटन विकासका लागि सरकारले छनोट गरेका नयाँ पर्यटकीय गन्तव्यमा पाथीभरा मन्दिर, तिम्बुङ पोखरी र फुङफुङे झरना परेका हुन् ।
मुलुकका विभिन्न शक्तिपीठमध्ये पाथीभरा मन्दिर पनि पर्दछ । वर्षेनी दुई लाखभन्दा बढी भक्तजन पुग्ने यो मन्दिरबाट वार्षिक करोडौं मूल्य बराबरको भेटी संकलन हुने गरेको छ ।
यस्तै भौतिक पूर्वाधार र प्रचार–प्रसारको अभावले गुमनामजस्तै भएका तिम्बुङ पोखरी र फुङफुङे झरना पनि यहाँका मुख्य आकर्षण हुन् । तिम्बुङ पोखरी सिदिङ्वा गाउँपालिकामा पर्छ भने फुङफुङे झरना मिक्वाखोला गाउँपालिकामा छ ।
यी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय तहले समेत अग्रसरता देखाएका छन् ।









प्रतिक्रिया दिनुहोस्