१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ बराबरको स्याउ निकासी


0
Shares

मुस्ताङ, कात्तिक १८ । हिमाली जिल्ला मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ बराबरको पाँच हजार मेट्रिक टन स्याउ निकासी भएको छ ।

यस वर्ष मुस्ताङमा फलेको ८० प्रतिशत स्याउ निकासी भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन इकाइ कार्यालय जोमसोमले जनाएको छ ।

इकाइका प्रमुख बागवानी विकास अधिकृत शिवपुजन गुप्ताले गत वर्षको तुलनामा यसपाली स्याउको उत्पादन वृद्धि भएको बताए । गत वर्ष ५ हजार ३ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुस्ताङबाट ४२ करोड रुपैयाँ बराबरको निकासी भएको थियो ।

खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोगकिराको समस्या नभएकाले स्याउ उत्पादन बढेको अधिकृत गुप्ताले जानकारी दिए ।

मुस्ताङमा ४५० हेक्टरमा १ लाख ३५ हजार बोट स्याउ लगाइएको छ । यहाँ उत्पादित ८० प्रतिशत स्याउ निकासी हुने गरेको छ । २० प्रतिशत भने आन्तरिक खपत हुने गरेको छ ।

सरकारले मुस्ताङमा स्याउ खेती प्रवर्द्धन गर्न ‘स्याउ जोन’ कार्यक्रम सञ्चालन गरेको छ ।