८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


हुम्लामा हिमपात, सिमकोटको तापक्रम माइनस ६ डिग्री


0
Shares

हुम्ला, कात्तिक १८ । हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ ।

गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । 

आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ ।

शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो । 

यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् ।

कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए ।

आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । (रासस)