काठमाडौं, कात्तिक १७ । मनाङ–मर्स्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार सिक्किमको पाल्जोर रंगशालामा भएको फाइनल खेलमा रेड आर्मी क्लब भारतलाई १–० गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
मनाङको जितमा एकमात्र गोल सुजल श्रेष्ठले खेलको ८१औं मिनेटमा गरेका थिए ।
क्वार्टरफाइनलमा कोलकाता कस्टम्स क्लबलाई ४–२ गोलले हराएको मनाङले सेमिफाइलनमा कोलकाता एटीकेलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
दसैंअघि भएको ‘ए’ डिभिजन लिगमा पनि मनाङले विजयी सुरुआत गरेको थियो । मनाङ ‘ए’ डिभिजन लिगको साविक विजेता टोलीसमेत हो ।
प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपीएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो । रासस








प्रतिक्रिया दिनुहोस्