काठमाडौं, कात्तिक १७ । तीन महिनामै २० करोड रुपैयाँको ‘भाइ’ मसाला आयात भएको छ ।
तिहारमा प्रयोग हुने ‘भाइ’ मसला तीन महिनामा २० करोड ६ लाख रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ ।
भाइ मसलाको नामले परिचित यी मसला सिंगापुर, भारत, भियतनाम, अफगानिस्तान, चीन, अमेरिकालगायतका मुलुकबाट आयात हुने गरेको छ ।
यी मसलाहरु मेसिनरी उत्पादन नभइ रुखमा फल्ने गर्दछन् ।
चालू आर्थिक वर्षको तीन महिनामामात्र नरिवल, बदाम, ओखर, काजु, छोकडा, पेस्ता, अलैंची, सुपारी र सुकुमेलमात्र २० करोड ६ लाख बराबरको चार हजार ४३६ टन आयात भएको भन्सार विभागको तथ्यांक छ ।
यस अवधिमा ५ करोड ४९ लाख रकम बराबरको १९८ टन ओखर आयात भएको छ ।
ओखर भारत, चीन र अमेरिकाबाट आयात हुने गरेको छ भने नरिवल सिंगापुर, भियतनाम र भारतबाट आयात हुँदै आएको छ ।
त्यस्तै, काजु भारत र भियतनामबाट आयात हुने गरेको छ भने अलैंची भारतबाट आयात हुने गरेको छ ।
यसैगरी, सुकुमेल भारत र ग्वाटेमालाबाट आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।
यस अवधिमा दुई करोड ३७ लाख बराबरको नरिवल आयात भएको छ भने दुई करोड ७८ लाख बराबरको ३१४ टन काजु आयात भएको भन्सार विभागले जनाएको छ ।
त्यस्तै, बदाम पाँच करोड ९८ लाख, अलैंची र सुकुमेल तीन करोड ४४ लाख रकम बराबरको आयात भएको विभागको तथ्यांकमा छ ।









प्रतिक्रिया दिनुहोस्