
कोलम्बो, कात्तिक १७ । श्रीलंकाका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले संविधानविपरीत राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिएका छन् ।
मुलुकमा सिर्जना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै समाधान गर्न उनले माग पनि गरेका छन् ।
निर्वाचित प्रधानमन्त्री विक्रमासिंघेलाई गत हप्ता राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक बर्खास्त गरेको घोषणा गरेका थिए ।
उनको सट्टामा राष्ट्रपति सिरिसेनाले आफैंसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरेका पुर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति सिरिसेना र अपदस्त प्रधानमन्त्री विक्रमासिंघेबीच केही विषयमा सुरु भएको विवादले राजनीतिक संकट निम्त्याउनेसम्मको अवस्थामा पुर्याएको हो । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्