काठमाडौं । घरेलु टोली पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
आज भएको लिग चरणको आफ्नो अन्तिम खेलमा हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराउँदै पोखराले दोस्रो चरणमा स्थान पक्का गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पोखराले ६ विकेट गुमाएर पुरा गर्यो ।
यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ रन जोडेको थियो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन जोडे । यस्तै अमित श्रेष्ठले २१ रन जोड्दा बसन्त रेग्मीले अविजित १९ रन जोडे ।
त्यस्तै पवन सर्राफले १२ रन बनाए । काठमाडौंलाई सस्तैमा समेट्न पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिए ।
यस्तै मोहमद नाभिद र राशिद खानले २÷२ विकेट लिए । जितसँगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ ।








प्रतिक्रिया दिनुहोस्