१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


मुलुकलाई डम्पिङ साइट बनाउन हुँदैन : अर्थमन्त्री


0
Shares

विराटनगर, कात्तिक १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई विश्वको सस्तो बस्तुको डम्पिङ साइट बन्न नदिने बताएका छन् ।

स्वदेशी बस्तुमा मुलुक आत्मनिर्भर नभए पनि डम्पिङ साइट पनि बन्न नदिने उनको भनाइ छ ।

शुक्रबार मोरङ व्यापार संघको कार्यक्रममा मन्त्री खतिवडाले औद्योगिक बस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन उद्योगी व्यवसयीहरुलाई सुविधा दिन सरकार तयार रहेको बताए ।

औद्योगिक विकासका लागि विशेष योजना ल्याए समस्याग्रस्त सरकारी उद्योग संचालन गर्न दिन तयार रहेको पनि उनले बताए । सरकार राजश्व उठाउने कार्यमा मात्रै केन्द्रीत नरहेको उनको भनाइ थियो ।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले संघीयता कार्यन्वयनमा आएको एक वर्षकै अवधीमा तिव्र आर्थिक बृद्धिको हिसाब नमाग्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।