८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


सर्लाही घटनाबारे छानविन समितिद्वारा सम्बन्धित पक्षसँग सोधपुछ


0
Shares

सर्लाही, कात्तिक १६ । सर्लाहीमा गत मंगलबार कांग्रेस कार्यकर्ताको गोली हानी हत्या भएको घटनाको छानविन गर्न गठित टोलीले आज पनि सम्बन्धित पक्षहरुसँग सोधपुछ गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाको संयोजकत्वमा गठित छानविन टोलीले मृतकका आफन्त, घाईते, सुरक्षा अधिकृतसहित सरोकारवाला सबै पक्षसँग भेटेर सोधपुछ गरेको हो ।

छानविनका विविध पाटाहरु केलाउनुपर्ने भएकाले काम सम्पन्न गर्न केही दिन लाग्ने कोइरालाले जानकारी दिए ।

सर्लाहीको रामनगर गाउँपालिका–४, बोहर्वामा गत मंगलबार गोली लागेर कांग्रेस कार्यकर्ता रामविलास महतोको मृत्यु भएको थियो । घटनामा वडाअध्यक्ष राम नरेश महतोसहित अन्य सातजना घाईते भएका छन् । 

पीडित परिवारले भने नेकपा कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएका छन् ।

यसैबीच, नेविसंघले आज पनि सदरमुकाम मलंगवामा घटनाको बिरोध र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेको छ ।