बिराज रोस्यारा
कैलाली, कात्तिक १६ । चौथो संस्करणको फारवेष्ट पशुपति कप फुटबल मंसिर १४ गतेदेखि सञ्चालन हुने भएको छ ।
आयोजक फारवेष्ट पशुपति युवा क्लवले शुक्रबार पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको फारवेष्ट पशुपति कप मंसिर १४ देखि २१ गतेसम्म धनगढी रंगशालामा आयोजना गरिने जानकारी दिएको हो । क्लवका सचिव ललित मिश्रका अनुसार प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने रावतले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १०/१० हजार रुपैयाँ पुरुस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि करीब ४५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्