
जितेन्द्र भण्डारी/ईमेज:
पाँचथर । खानेपानीको चरम अभाव हुने पाँचथरको कुम्मायक गाउँपालिकामा ट्ंयाकर र ट्याक्टर खरिद गरी पानी आपूर्ति गर्न थालिएसँगै स्थानीयले राहतको महसुुस गरेका छन् ।
खानेपानी आयोजना निर्माणाधीन रहेकाले तत्कालको समस्या टार्न गाउँपालिकाले ट्यांकरबाट पानी वितरणको व्यवस्था गरेको हो ।
सुख्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउपालिकाका स्थानीयले लामो समययदेखि खानेपानीको अभाव झेल्दै आएका छन् ।
त्यतिमात्रै होइन वषौँदेखि खानेपानीको समस्या झेल्नुपर्दा कतिपय त अन्यत्र नै बसाइँ सरिसकेका छन् ।
पानीको लागि भौगोलिक रुपमै असहज रहेको यस ठाउँमा पानीको सहज आपूर्तिका लागि निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।
दुईवर्षमै सक्नुपर्ने काम विभिन्न विवादका कारण तीन वर्षसम्म लम्बिएको छ ।
तर अब भने १ वर्षमा सम्पन्न हुने जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालय पाँचथरले जनाएको छ ,।
यसैबीच खानेपानीको अभावलाई टार्न गाउँपालिकाले ट्याङकर र ट्याक्टर खरिद गरेर सशुल्क घरघरमा पानी वितरण गर्न थालेपछि स्थानियले राहतको महसुुस गरेका छन् ।
आयोजनाको काम दुईवर्षमा सकिनुपर्नेमा विभिन्न विवादका कारण तीन वर्षसम्म लम्बिएको छ ।
बाँकी काम छिट्टै सम्पन्न हुनेमा आफू आशावादी रहेको र त्यतिञ्जेलका लागि गाउँपालिकाले ट्यांकर र ट्याक्टर खरिद गरी प्रतिलिटर ६६ पैसाका दरले पानी विक्री गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताउँछन् ।
बहुचर्चित र बहुप्रतिक्षित आयोजनाका रुपमा तमोर लिफ्ट खानेपानी आयोजनको काम २ वटा प्याकेजमा संचालन भइरहेको छ । जसबाट कुमायक गाउँपालिकाका ३ हजार घरधुरी लाभाान्वित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्