२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आर्थिक विकासका लागि प्रशस्त लगानी बढाउनुपर्नेमा विश्व बैंकको जोड


0
Shares

काठमाडौं, कात्तिक १५ । विश्व बैंकले नेपालको विकासका लागि निजी क्षेत्रको लगानी प्रवर्धनमा जोड दिएको छ ।

बैंकले बिहीबार काठमाडौंमा कार्यक्रम गरी सार्वजनिक गरेको नेपाल विकास प्रतिवेदनमा लगानी वृद्धिमा जोड दिएको हो ।

नेपालको मध्यमस्तरको आय गर्ने मुलुकमा स्तरोन्नति हुने लक्ष्यप्राप्तीका लागि नेपालले विप्रेषण तथा उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी तथा उत्पादकत्व आधारिततर्फ लैजान आवश्यक भएको प्रतिवेदनले औंल्याएको छ । यसका लागि लगानी बढाउने वातावरण निर्माणमा जोड दिइएको हो ।

नेपालको आर्थिक विकास र कुल गार्हस्थ्य उत्पादन बढाउनका लागि प्रशस्त मात्रामा निजी लगानी बढाउन आवश्यक रहेकामा प्रतिवेदनले जोड दिएको छ ।

विश्व बैंकका अर्थशास्त्री डा. केन इजेमेनारीले आर्थिक विकासका लागि लगानीको वातावरण, पूर्वाधारको क्षेत्रमा लगानी व्यवस्थापन र निजी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार स्वदेशी तथा विदेशी प्रत्यक्ष लगानी निर्माणका लागि नीतिगत सुधारमा लागिपरेको उल्लेख गरे ।

लगानी प्रवर्धनका लागि सरकारी प्रतिबद्धता पुष्टि गर्न सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन नै आयोजना गर्न लागेको पनि अर्थमन्त्री खतिवडाले बताए ।