स्याङ्जा, कात्तिक १५ । विश्वकप पाराग्लाइडिङ बिहीबारदेखि स्याङ्जामा सुरु भएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका–५, माहापुरस्थित स्वरेक मैदानदेखि वालिङ नगरपालिका–११, डौवाफाँटमा जारी विश्वकपमा ९८ पाइलटले प्रतिस्पर्धा गरिरहेका छन् ।
हालै इन्डोनेसियामा भएको एसियन गेम्समा पाराग्लाइडिङतर्फ रजतपदक जित्न सफल नेपालले आफ्नै देशमा पहिलोपटक पाराग्लाइडिङको एक्युरेसी विश्वकप आयोजना गरेको हो ।
प्रतियोगितामा भारत, पाकिस्तान, जापान, चीन, दक्षिण कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका खेलाडीले भाग लिएका छन् ।
प्रतियोगितामा महिला र पुरुषतर्फ एकल र टिम गरी कुल चार विधामा १४ स्वर्णपदकका लागि खेलहरु भइरहेका छन् ।
प्रतियोगिता चार दिनसम्म चल्नेछ ।








प्रतिक्रिया दिनुहोस्