८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


माणिकलाल श्रेष्ठलाई दान्यहिरा सिरपा पुरस्कार


0
Shares

काठमाडौं, कात्तिक १५ । ५० हजार रुपैयाँ राशीसहितको यस वर्षको दान्यहिरा सिरपा पुरस्कार प्राध्यापक माणिकलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, २५ हजार राशीको दान्यहिरा हःपा सिरपा पुरस्कार पत्रकार नजरराम महर्जन तथा दान्यहिरा विज्ञान प्रविधि सिरपा पुरस्कार मुनिबहादुर शाक्यलाई प्रदान गरिएको छ ।

संगीततर्फ यस वर्ष सार्वजनिक भएको नेपालभाषाको एल्बम दोहलपाको ‘तसकं यःम्ह’ गीतका लागि १० हजार राशीसहित गायक सुरजवीर बज्राचार्य तथा संगीतकार अमरराज शर्मालाई सम्मान गरिएको छ ।

नेपालभाषा एकेडेमीले प्रदान गर्दै आएको उक्त पुरस्कारका दाता यज्ञरत्न धाख्वाको कथासंग्रह ‘इस्तानबुलया सतक बन्जा’ पनि सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो ।