८ भाद्र २०८२, आइतबार | Mon Aug 25 2025


राष्ट्रपति भण्डारी स्वदेश फर्कंदै


0
Shares

कतार, कात्तिक १५ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार साँझ स्वदेश फर्कंदैछिन् ।

मित्रराष्ट्र कतारका अमिर शेख हमाद बिन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमन्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आएकी हुन् ।

कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिरलगायत यहाँका सरकारी उच्च अधिकारीको भेटवार्ता भएको थियो ।

उनले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमणसमेत गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीका साथ उनीसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि बिहीबारै स्वदेश फर्कंदैछ । रासस