
डीबी विष्ट (इमेज)
बझाङ, कात्तिक १५ । सशस्त्र प्रहरीका एक जवान सेती नदीमा बगेर बेपत्ता भएका छन् ।
कन्चनपुरको बेलौरी नगरपालिकाका २३ वर्षीय राजेन्द्र बुढा बिहीबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए ।
उनको खोजीका लागि सशस्त्र प्रहरीको टोली, जिल्ला प्रहरी कार्यालय बझाङको टोली र नेपाली सेना खटिएको सशस्त्र प्रहरीका डीएसपी भुवनराज पन्तले जानकारी दिए ।
यही कात्तिक १३ गते जिल्लाको शान्ति–सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीको एक टोली बझाङ आएको थियो ।
प्रतिक्रिया दिनुहोस्