८ भाद्र २०८२, आइतबार | Mon Aug 25 2025


बेपत्ता बुहारीको खोजीमा हिँडेकी सासुको अवस्था अज्ञात, बुहारीको शव फेला


0
Shares

विनोद सिंह विष्ट

बैतडी, कात्तिक १५ । बैतडीमा एक महिलाको शव फेला परेको छ भने अर्की एक महिला बेपत्ता भएकी छन् ।

मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ३० बर्षीया निर्मला भट्ट रहेको खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए । बेपत्ता हुनेमा मृतक निर्मलाकी सासु ५२ बर्षीया पार्वती भट्ट रहेकी छन् ।

बुधवार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नफर्किएपछि सासु पार्वती खोजतलासका लागि निस्किएकी थिइन् । दुबैजना रातिसम्म पनि घर नफर्किएपछि घरपरिवारका अन्य सदस्यले खोजतलास गर्दा निर्मलाको शव बिहीबार बिहान स्थानीय ओडीगाँउ जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

निर्मलाकी सासु पार्वती भने बेपत्ता छिन् । बेपत्ता पार्वतीको खोजीका लागी प्रहरी चौकी खोचलेकवाट प्रहरी सहायक निरीक्षक श्याम सिंह महराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।

घटना रहस्यमय रहेकोले थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।