काठमाडौं, कात्तिक १४ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजनाबाट प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर (आइपीओ) बाँडफाँट गरेको छ ।
आयोजना अतिप्रभावित ‘क’ वर्गमा कुल पाँच हजार ५० जना रितपूर्वक आवेदन दिने आवेदकहरुमध्ये ३० कित्तादेखि १०० कित्ता सेयर माग आवेदकहरुलाई मागबमोजिम तथा ११० कित्तादेखि ३०० कित्ता सेयर माग गर्ने सम्पूर्ण आवेदहरुलाई १०२ कित्ताका दरले सेयर बाँडफाँट गरेको छ ।
आयोजना प्रभावित ‘ख’ वर्गमा रितपूर्वन आवेदक दिने आवेदकहरुमध्ये ३० कित्तादेखि ४० कित्ता सेयर माग गर्ने आवेदकहरुलाई मागबमोजिम तथा ५० कित्तादेखि ३०० कित्ता सेयर माग गर्ने सम्पूर्ण आवेदहरुलाई ४८ कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ ।
यस्तै, दोलखा जिल्लाका अन्य बासिन्दाहरु ‘ग’ वर्गमा रितपूर्वक आवेदन दिने आवेदकहरुमध्ये ३० कित्ता सेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता सेयर माग गर्ने आवेदकहरुलाई ३२ कित्ता र सोभन्दामाथि ५० कित्तादेखि ३०० कित्ता सेयर माग गर्ने आवेदकहरुलाई ३४ कित्ताका दरले सेयर बांँडफाँट गरिएको सेयर निष्कासक नागरिक लगानी कोषले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्