९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


‘७५ हजार प्रहरी नै सामुदायिक प्रहरी’


0
Shares

काठमाडौं, कात्तिक १४ । नेपाल प्रहरीले कात्तिक ११ गतेदेखि सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमबारे बुधबार सन्चारकर्मीहरुसित छलफल गरेको छ ।

नेपाल प्रहरीका नवनियुक्त प्रवक्ता उत्तम सुवेदीले सन्चारकर्मीहरुसित छलफल गर्दै ७५ हजार प्रहरी नै सामुदायिक प्रहरी भएको बताए ।

अपराध रोकथाम, विकास र सुरक्षामा अन्तरनिर्भरता बढाउन सुरु गरिएको सो कार्यक्रमअन्तर्गत् १० हजार प्रहरीलाई प्रत्यक्षरुपमा खटाइएको पनि उनले जानकारी दिए ।

स्थानीय संघ–संस्था, विद्यालय तथा अभिभावकसँग साझेदारी गर्दै अघि बढ्ने पनि प्रहरीले जनाएको छ ।

यस अभियानकाक्रममा सीसीटीभीलगायतका सुरक्षा उपकरण जडान गर्ने, सामुदायिक गस्ती गर्ने, विद्यालयकेन्द्रित कार्यक्रम सन्चालन गर्ने र पाठ्यक्रममा पनि त्यस्ता विषयवस्तु समावेश गर्नेगरी तयारी गरिएको जानकारी पनि दिइएको छ ।

बलात्कारलगायतका घटनामा किशोरहरुको संलग्नता बढेपछि यस्तो अभियान सन्चालन गर्न लागिएको हो जनाइएको छ ।