
काठमाडौं, कात्तिक १४ । पूर्वअर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
श्रेष्ठको सोमबार बिहान ८७ वर्षको उमेरमा ललितपुरस्थित निदान अस्पतालमा उपचारकाक्रममा निधन भएको थियो ।
अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ विभिन्न राजनीतिक नियुक्तिका पद हुँदै वि.सं. २०५९ मा अर्थमन्त्री बनेका थिए ।
उनी नेपाल आँखा अस्पतालका उपाध्यक्ष पनि थिए ।
उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्