काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले पहिलो जित हात पारेको छ ।
आज भएको खेलमा एक्स्पर्ट धनगढी ब्लूजलाई १ सय २६ रनले हराउँदै पारस खड्काको कप्तानीमा रहेको चितवन प्रतियोगितामा जिवित रहेको हो ।
खेलमा चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढीले १७ औं ओभरमा अलआउट हुनुपूर्व ६७ रन मात्रै बनाउन सक्यो ।
धनगढीका बेलायती ब्याट्सम्यान पिटर डेभिड ट्रेगोले २७ रन जाड्दा योगेन्द्र सिंह कार्कीले १७ रनको योगदान दिए ।
बलीङतर्फ चितवनका सन्नी पटेलले ४ विकेट लिंदा भुवन कार्की र स्मीथ पटेलले २–२ विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
चितवनका हरिशंकर साहले ५३ रन बनाउँदा अनिलकुमार साहले ३७ रनको योगदान दिए ।
प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा विराटनगर टाईटन्स र बुटबल ब्लास्टर्स भिड्नेछन् ।
लगातार तीन खेल हारेको सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर निकै दबाबमा छ ।
शरद भेषावकरको कप्तानीमा रहेको बुटवल भने दुई जितका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।








प्रतिक्रिया दिनुहोस्