
भक्तपुर, असार ४ । भक्तपुरका एकजना प्रहरी सहित ४ जनामा कोरोना पुष्टि भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत ३२ बर्षीय प्रहरी जवानमा कोरोना भएलगत्तै प्रहरीको सञ्चार कक्षलाईनै सील गरिएको छ भने उक्त प्रहरीसँग सम्पर्कमा रहेका १२ जना प्रहरीलाई पनि सञ्चार कक्षमै सेल्फ क्वारेण्टाइनमा राखिएको भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक सविन प्रधानले जानकारी गराए ।
बिहीबार बिहानै संक्रमित प्रहरीलाई पाटन अस्पताल लगिएको थियो ।
भक्तपुर भोलाच्छेँका २२ बर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ ।
उनमा कोरोना देखिएलगत्तै उनको घर वरपरका क्षेत्र सील गरिएको छ ।
स्थायी घर नवलपरासी गैँडाकोटकी २२ वर्षिया महिला कुवेतबाट गत ३० गते फर्किएकी थिइन र उनमा पनि कोरोना देखिएको स्वास्थ्य मन्त्रालयबाट पुष्टि भएको छ ।
अर्का कोरोना संक्रमित हाल ललितपुर टिकाथली बस्ने ५० बर्षीय पुरुष रहेका छन् ।
उनी उपचारका क्रममा भक्तपुर आउने क्रममा कोरोना भाइरस परिक्षण गर्दा संक्रमित भएको पुष्टि भएको थियो ।
यी ३ जनालाई नै उपचारका लागि टेकु अस्पतालको आइसोलेसनमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्