Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


जर्मनीमा पूर्व नर्सद्वारा एकसय बिरामीको हत्या गरेको स्वीकार


0
Shares

काठमाडौं । जर्मनीमा एक जना पूर्व नर्स निएल्स होएगलले आफ्नो जिम्मेवारीमा रहेका १ सय बिरामीको हत्या गरेको स्विकार गरेका छन् ।

आफूमाथि लागेको अभियोगमाथि अदालतमा भएको पहिलो सनुुवाईमै होएगलले औषधिको अधिक मात्रा दिएर विरामीको हत्या गरेको स्विकारेका हुन् ।

अन्य बिरामीको हत्या गरेको अभियोगमा यसअघि नै आजीवन काराबासको सजाय पाएका ४१ वर्षीय पूर्व नर्स होएगलले बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिन्छ भन्ने विश्वासमा आफूले औषधिको अधिक मात्रा दिएको स्विकारेका हुन् ।

औषधिको मात्रा घटबढ गर्नुलाई जर्मनीको स्वास्थ्य कानुनले अवैध मान्दछ ।

अभियोजनकर्ताका अनुसार आरोपित पूर्व नर्स काम गर्ने जर्मनीको उत्तरी सहर ओल्डेनबर्गमस्थित एक अस्पतालमा ३६ बिरामी मारिएका थिए ।

यसैगरी नजिकैको एक क्लिनिकमा सन् २००० देखि २००५ को बिचमा ६४ जना बिरामीको हत्या गरिएको थियो ।

आरोपित नर्स होएगलको जिम्मामा रही उपचारको क्रममा मारिएका १ सय ३० शरीरलाई समाधीबाट निकाली अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।(एजेन्सी)