११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


अमेरिकाका कुख्यात ग्याङ्स्टार जेम्स ह्वाइटी बुल्जर कारागारभित्रै मृत भेटिए


0
Shares

काठमाडौं । अमेरिकाका कुख्यात ग्याङ्स्टार जेम्स ह्वाइटी बुल्जर वेस्ट भर्जिनियाको एउटा कारागारभित्रै मृत अवस्थामा फेला परेका छन् ।

फ्लोरिडा कारागारबाट अत्यन्तै कडा सुरक्षाका बीच वेस्ट भर्जिनियाको संघीय कारागारमा स्थानान्तरण गरेकै दिन ग्याङस्टार जेम्स मृत अवस्थामा फेला परेका हुन् ।

८९ वर्षीय जेम्सको मृत्युबारे अनुसन्धाान भइरहेको कारागारका अधिकारीहरुले जनाएका छन् । कारागारमै रहेका अन्य कैदीहरुबाट उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

जेम्सलाई १६ वर्षको खोजीपछि सन् २०११ मा पक्राउ गरिएको थियो । सन् २०१३ मा अदालतले उनलाई ११ जनाको हत्यामा दोषी ठहर गरेको थियो ।

अपराध शृङखलाले भरिएको उनको जीवनीमा आधारित भएर थुप्रै हलिउड चलचित्र बनेका थिए ।

दक्षिणी बोस्टनको विन्टर हिल ग्याङ्गका पूर्वलिडर जेम्सबाट प्रभावित भएर चलचित्र ब्याक मास बनाइएको थियो ।

यस्तै उनीबाट प्रभावित भएर बनेको चलचित्र डिपार्टेडले सन् २००७ मा सर्वोत्कृष्ट चलचित्रको रुपमा ओस्कार अवार्ड जितेको थियो ।(एजेन्सी)